धादिङमा इटा उद्योगका मजदुरहरुले मनाए दिवस

Avatar photo
Dhadingpost
बैशाख १८, २०७६

धादिङ धुनिबेसि बैशाख १८ । प्रयास नेपाल धादिङले आयोजना गरेको १३० औं अन्तराष्टिय श्रमिक दिवस र्यालीमा इटाभट्टाका मजदुरहरुले सहभागिता जनाएका छन् ।

प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालका अनुसार धादिङको धुनिबेशी नगरपालिका ३ मा रहेको महालक्ष्मी, बलम्बु इटा उद्योग, थाक्रे ७ मा रहेको एभरेष्ट इटा उद्योग र गजुरी ५ मा रहेको राजधानी इटा उद्योग आसपासमा मजदुरहरुले पम्लेट तथा ब्यानर बोकेर जनचेतनामुलक र्याली गरेका थिए ।

संस्थाले ईच्छा बिरुद्ध काम, बधुवा मजदुर राख्न नपाईने, ८ घण्टा काम, कामदारको सामाजिक सुरक्षा लगायत श्रमिकको र श्रमको सम्मान, कामदार मैत्री उद्योगी, उद्योगी मैत्री काम कार्यसम्पादन, कार्यस्थलमा कामदारको सुरक्षा तथा नियमित स्वास्थ्य परिक्षण जस्ता बिषयमा उद्योगी र कामदारहरु बीच सुमधुर सम्बन्ध विकासमा सहजिकरण र बालबालिकालाई इटा उद्योगमा कामको सट्टामा बिद्यालय शिक्षाको बिषयमा पैरवी र सहयोगमा गर्दै आएको छ ।

१४ वर्ष भन्दा कम उमेरका बालबालिकालाई विद्यालय पठाऔँ, चर्पिमा मात्र दिसा पिसाव गरौँ, साबुन पानीले हात धोऔँ, श्रमिक र श्रमको सम्मान गरौँ लगायतका पम्लेट बोकेर यालीमा उद्योगका मजदुर, उद्योगी, कामदार समिती, गुनासो सुनुवाई समितीका व्यक्तिहरु सहभागी थिए ।

ग्लोबल फेयरनेसको सहयोगमा बेटर ब्रिक परियोजना अन्तर्गत रयालीको आयोजना गरिएको परियोजनाका संयोजक प्रदिप श्रेष्ठले बताए ।

प्रयास नेपाल धादिङका सामाजिक परिचालक कवि थापामगरका अनुसार बुधबार तिनवटै उद्योग आसपासमा भएको रयालीमा ४ सय ५० जना भन्दा बढि मजदुरहरुको सहभागीता रहेको थियो । (धादिङपोष्टको लागि तस्वीर सौजन्य दामोदर अर्याल)