धादिङ सोह्रघर घर निवासी इन्द्र थापा मगरको अपिल

Avatar photo
Dhadingpost
बैशाख १८, २०७६

धादिङ बैशाख १८ । धादिङको नीलकण्ठ नगरपालिकाको ऐतिहासिक ठाउँ सोह्रघर घर निवासी इन्द्र थापा मगर मगर दुबै मृगौला फेलभएर काठमण्डौको नेसनल डाइलेसिस सेन्टरमा उपचार गरि रहेका छन्

आर्थिक अवस्था कमजो भएका उनी यतिबेला आर्थिक सहयोगको लागि अपिल गरि रहेका छन् ।

नीलकण्ठ नगरपालिका -२ सोह्रघर घरका २२ वर्षिय इन्द्र थापामगरले आर्थिक समस्याले उपचार हुन नसकेको भन्दै देश तथा बिदेशमा रहनु हुने सबैमा सहयोगको अपिल गरेका छन् ।

धादिङपोष्ट सँग कुरा गर्दै उनले भने, म बाँच्न चाहान्छु, तर आर्थिक अभाव खड्कियो । उनले सहयोगको लागि आफ्नो मोबाईल नम्बर ९८१८३०२०७७ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।