धादिङ बैशाख १८ । जिल्ला अदालत धादिङले ०७० साल जेष्ठ २२ गते लागु औधष गाँजा / चरेश मुद्दामा दोसी ठहर गरे सँगै फरार रहेका कृष्ण क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङ बेनिघाट रोराङ ३ बस्ने वर्ष ५७ को कृष्ण क्षेत्री भन्ने कृष्ण कमर क्षेत्रीलाई मंगलबार पक्राउ गरेको हो ।
जिल्ला अदालतले पाँच वर्ष अघि १ वर्ष कैद र रु.५००० (पाँच हजार) जरिवाना तोकिएको प्रहरीले पक्राउ गरी कैद भुक्तानको लागी कारागार कार्यालय धादिङमा चलान गरिएको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।
