अधिवक्ता होमनाथ अर्यालको निधन प्रति दु:ख व्यक्त

Avatar photo
Dhadingpost
बैशाख १५, २०७६

धादिङ बैशाख १५ । धादिङ सिद्धलेक गाउँपालिका नलाङ सुन्दरीपानी घर भई धादिङबेसी रहँदै आएका अधिवक्ता होमनाथ अर्याल सुन्दर को निधन प्रति जिल्ला वार एशोसिएसन धादिङका अध्यक्षहरुले दुख व्यक्त गरेको छ ।

धादिङबेसी शान्तबजार टेलिकमचोकमा डेरा गरि बस्दै आएका अधिवक्ता अर्याल आईतबार बिहान ९ः३० बजे बस्दै आएको कोठामा नै झुण्डिएको अवस्थामा फेला परेका थिए ।

वारएशोसिएसन धादिङका सदस्य र कानूनी सहायता समितिका कर्मचारी समेत रहेका अर्यालको मृत्यू प्रति बारका अध्यक्ष रामकृष्ण अधिकारी, पूर्व अध्यक्षहरु टंक कुमार श्रेष्ठ, विश्वराज अधिकारी, रामचन्द्र भट्टले लगायतले सामाजिक संजाल मार्फत दु:ख व्यक्त गरेका छन् ।