क्रिकेटः मलेसियालाई पाखा लगाउदैँ नेपाल च्याम्पियन

Avatar photo
Dhadingpost
बैशाख १५, २०७६

काठमाडौँ बैशाख १५ । एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा आईतबार मलेसियालाई पराजित गर्दै नेपालले उपाधी छ ।

थाइल्यान्डमा सम्पन्न भएको फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ८१ रनमा समेटिएको छ । ३४.५ ओभरमा सबै विकेटको क्षतिमा उसले ८१ रन मात्रै बनाउन सकेपछि नेपालले शानदार जित सहित च्याम्पियन हो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेलले क्रमशः चार विकेट लिदा दीपकले तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाए पनि अरु खेलाडीले राम्रो रन बनाउन सकेनन् ।