
धादिङ बसेरी बैशाख १५ । धादिङको गंगाजमूना गाउॅपालिका अन्तर्गतको बसेरी स्वास्थ्य चौकी बुढाथुम, स्वास्थ्य चौकी फूलखर्क स्वास्थ्य चौकी, गुम्दी स्वास्थ्य चौकी, री स्वास्थ्य चौकी र ताजिम्राङ स्वास्थ्य इकाईमा गर्भवती महिलाको भिडियो एक्सरे गरिएको छ ।
ग्रामिण क्षेत्रका यी स्वस्थ्य चौकी र ईकाईमा अभियान नै चलाएर गर्भवती महिलाको निशूल्क भिडियो एक्सरे गरिएको योपहिलो पटक हो ।
गंगाजमूना गाउॅपालिकाका विभिन्न ठाउँबाट सहभागि १३३ जना जना गर्भवती महिलाहरुले उक्त नि:शुल्क भिडियो एक्सरे अभियानका सहभागिता जनाएका थिए ।
कार्यक्रममा गर्भवती महिलाहरुको स्वाथ्यगत अवस्था पेटमा रहेको बच्चाको अवस्थाको विषयमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए ।
बुढाथुम कार्यरत स्वास्थ्यचौकी स्वस्थ्यकर्मी सुनिता अधिकारीले धादिङपोष्टलाई बताईन् ।
