
धादिङ बैशाख १५ । नेपाल टेलिकमले विद्यार्थीहरूका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ ।
एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधाको अफर उपलब्ध गराएको हो ।
‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरूलाई बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराइएको छ ।
‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसका रूपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराउने व्यवस्था छ ।
