हुम्लाको ताजाकोटमा स्वाइन फ्लूको आशंका

Avatar photo
Dhadingpost
बैशाख १५, २०७६

हुम्ला बैशाख १५ । हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगबाट ९ जनाको ज्यान गएको छ ।

यस्तै २५० भन्दा बढी बिरामी परेका छन् । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावले गर्दा मृत्यु भएकाको रोग पत्ता लागेको छैन ।
स्थानीय कतिपयले भने स्वाइन फ्लूको आशंका परेका छन् । रोगले मानिस मरिरहेपनि औषधि उपचार पाउन सकेका छैनन् । रोगले सताएको गाउँ सदरमुकामबाट चारदिनको पैदल दूरीमा पर्छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।