धादिङ वैशाख १३ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले ६ बुदे मागपत्र बुझाएको छ ।
सिंहदरवारस्थित शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयमा संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालको नेतृत्वमा गएको टोलीले शिक्षा सचिव खगराज बरालमार्फत शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई उक्त मागपत्र बुझाएको हो ।
छ बुदे माहरुमा निजी शिक्षण संस्थाहरुले देशव्यापी रुपमा अवैज्ञानिक ढंगले ४० प्रतिशतसम्म शुल्क वृद्धि गरेको पाईएकोले तत्काल शुल्क खारेज गरी कार्वाहि गनुपर्ने लगायत रहेका छन् ।
सरकारी सामुदायीक विद्यालयहरुमा भाषाको नाममा बिद्यार्थीहरुमाथि हुनेगगरेको विभेदलाई संस्थागत गर्न खोजीएकोले उक्त कार्य तत्काल खारेज गरि समान र निशुल्क रुपमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न समेत माग गरिएको छ ।
संगठनले निजी तथा संस्थागत विद्यालयले कानुनको समेत धज्जी उडाउदै विद्यालयलाई व्यापरीक केन्द्र जस्तो बनाएर पुस्तक, टाइ, वेल्ट, युनिफर्म आदि बेच्ने गरेको भन्दै कार्वाहिको समेत माग गरेको छ ।
विगतमा शिक्षा मन्त्रालय तथा विद्यार्थी संघ संगठनहरुबीच भएका महत्वपूर्ण निर्णयहरु अविलम्ब कार्यान्वयन गरी संविधानमा मौलिक अधिकारको रुपमा राखिएके शिक्षालाई व्यवहारिक रुपमा सबै बिद्यार्थीलाई समेट्ने गरी कार्यान्वयन गर्न पनि समेत शिक्षामन्त्रीसँग माग गरेको छ ।
संगठनले राखेका मागहरु दश दिनभित्र पुरा गर्न १० दिनको अल्टिमेटम समेत दिईएको अखिल क्रान्तिकारी धादिङका अध्यक्ष अर्पण तामाङले धादिङपाेष्टलाई बताए ।
मागपत्र जस्ताकाे तस्तै

