लोकतन्त्र प्राप्तिको आन्दोलनमा रामनाथ अधिकारी

Avatar photo
Dhadingpost
बैशाख ११, २०७६

धादिङ बैशाख ११ । लोकतन्त्र दिवसको अवसरमा आज देशभरका मिडियाले समाचारहरु प्रकाशित गरि रहेका छन् । देशका विभिन्न संचारमाध्यामहरुमा दलका नेताहरुले लोकतन्त्रको लागि गरिएको आन्दोलनको स्मरण गरि रहेका छन् ।

विक्रम संवत् २०६२-६३ को जनआन्दोलन सफल जनआन्दोलन सफलतामा हरेको नागरिकहरुको महत्वपूर्ण भुमिका रहेको छ । धादिङमा यहि लोकतन्त्रका लागि गरिएको संचारआन्दोलनको क्रममा धादिङमा पहिलो सामुदायी रेडियोको जन्म भयो ।

लोकतन्त्र प्राप्तिको आन्दोलनको बीचमा जन्मिएको रेडियो लोकतन्त्र आज बन्द अवस्थामा छ । धादिङका नेताहरु जिल्ला र केन्द्र बाडिएर आन्दोलनमा होमिएका थिए ।

आन्दोलन माथि गरिएको अन्तिम बल प्रयोगमा नेपाली काँग्रेस धादिङका नेता रामनाथ अधिकारी समेत परे उनको तस्वीर त्यहिबेला कान्तिपुरले प्रकाशित समेत गरेको थियो ।