

कालो धानका विशेषता ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता तयार गर्ने विज्ञको भनाइ छ ।
अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषण तत्वका कारण कालो चामलको भात पचाउन सकिँदैन । पकाउनुअघि दुई घन्टा भिजाएरमात्रै पकाउनुपर्ने र भिजाएको पानीलाई सर्वतको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बताइएको छ ।
स्वास्थ्यवद्र्धक भएकाले यो धान स्थानीय र राष्ट्रिय बजारमा बिक्री हुन्छ । त्यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पनि यो धानको माग बढ्दै गएको छ ।
इतिहासविदका अनुसार कालो चामललाइ मनाही (फोरबिडन) चामल पनि भनिन्छ । किनकि यो चामल मात्र चिनिया राजा, महाराजाहरुले आफनो आयु बढाउन उपभोग गर्ने गर्थै । अरुसर्वसाधारणले यो चामल खादा उसलाई मुत्यदण्ड दिने गरिन्थ्यो । त्यसैले यो चामललाइ राजा चामल वा आयु बढाउने चामल पनि भन्ने गरिन्छ ।
यो चामलमा एण्टी अक्सिडेन्टसको मात्रा ब्लुबेरी भन्दा १० गुणा बढी हुन्छ । चामल कालो हुनुको कारण यसमा भएको एन्थोसाइनिनको मात्राले हो । अनुसन्धानकर्ताले यो चामलमा पाइने औषधीय गुणले गर्दा मधुमेहका रोगीले सजिलै खान मिल्ने, हृदय रोगी, एलर्जी, मोटोपना, क्यान्सर रोगीले खादा रोग निको हुन निकै लाभ पुयाउछ । कालो चामलले पाचन प्रणाली सुधार्ने लगायत धेरै रोगहरुको उपचारमा सहयोग गर्छ । खाद्य विज्ञका अनुसार कालो चामल आधुनिक सपरफुड हो ।
कालो धानको खेती अरु धानको खेती सरह नै गर्नै गरिन्छ । अचेल कालो चामलका धेरै जातहरु उपलब्ध भए पनि चिनियाँ कालो चामल बढी प्रचलित छ । यो चामलको बाहीरी भाग खाद्य पदार्थमा प्राकृतिक रंगाउने वस्तुको रुपमा धेरै नै उपयोग हदै आएको छ । अहिलेको आधुनिक युगमा कालो चामलको नियमित उपयोग गर्दै दैनिक शारीरिक एक्सरसाइज गर्दा व्यक्ति स्वस्थ भइ जिउन सक्छ ।
मकै, गहुँ कोदो, फापर आदिको तुलनामा चामलको प्रयोग ज्यादा देखिन्छ। नेपालको खाद्य बजारमा ९८ प्रतिशतभन्दा बढी पालिस गरिएको सेतो चामल पाइन्छ ।
यो पकाउन त सजिलो हुन्छ तर त्यसमा पौष्टिक तत्त्व फाइवर आदि नष्ट भइसकेको हुन्छ । दुई प्रतिशतमात्र अन्य प्रकार का चामलहरू बजारमा पाइन्छ ।छिटफुट रूपमा ब्राउन, राइस ग्रे, राइस ग्रे ग्रिन र रेड राइसहरू बजारमा उपलब्ध छन् । यो जी ६० कालो धान भर्खरै मात्र नेपालको बजारमा प्रवेश गर्न लागेको छ।यसलाई स्टिकी राइस, सुपर फुड, फोरविडन राइस, पर्पल राइस आदि नामले परिचित छ । अन्य चामलको तुलनामा यो २० देखि ५० प्रतिशतले बढी पौष्टिक एवं लाभदायक छ ।
नेपालको जमिनमा यो धानले प्रवेश गरेको चार पाँच वर्ष मात्र भएको छ । स्थानीय जात सरह नै फल्ने यो धान नेपालमा स्थानीयकरण भइसकेको छ । एसआरआई पद्धतिबाट धान रोप्ने हो भने झन्डै अरू धानभन्दा दोब्बर उत्पादन हुन्छ । यो धान अरयाज स्याटीभा जातिअन्तर्गत ज्यापोनिक समूहमा पर्छ ।
यो चामल एसियन उत्पादन हो । किनकि रेडियो कार्बन डेटिङबाट प्रमाणित भए अनुसार यो ब्ल्याक राइस आजभन्दा आठ हजार दुई सयदेखि १३ हजार वर्षपहिलो चीनमा खेती गरिएको भन्ने भनाइ छ । तर आधिकारिक पुष्टि भइसकेको छैन । मध्यनियोलियिक समयतिर नै एसिया, युरोप लगायतका महाद्वीपमा खेती गरिएको भन्ने भनाइ पनि रहेको छ ।
चीनको याङ्त्से नदी तथा पर्लस नदी उपत्यकामा पाँच हजार बीसीतिर खेती भएको र दक्षिणपूर्वी एसिया मा चार हजार तीन सय ५० बीसीतिर विस्तार भएको भन्ने भनाइ पनि रहेको छ।पछि भियतनाम र भारतको बेलान र गंगा नदी आसपासमा खेती भएको पाइन्छ । यो चामल संसारभर उत्पादन भएको छ।जापान, थाइल्यान्ड, इन्डोनेसिया लगायत थुप्रै देशमा भएको खेती भई आएको छ भने चीनमा ६७ प्रतिशत खेती हुने गरेको छ ।
नेपालको बजारमा भर्खर प्रवेश गर्न लागेको छ, तापनि ग्राहकहरूले प्रतिकिलो पाँच देखि ८ सय रुपैयाँमा खरिद गरी उपयोग गर्न सक्छन् । यो धान विशुद्ध एवं पूर्ण प्राकृतिक छ ।यसमा कुनै पनि प्रकारको जैविक, रासायनिक परिवर्तन गरिएको छैन । यो जी सिक्स्टी चामल पाकेपछि हल्का गुलियो र लेस्याइलो एवं गिलो हुन्छ । यसलाई सुवर फुड पनि भनिन्छ । यसमा पौष्टिक तत्त्व, अन्य चामल भन्दा ज्यादा पाइन्छ ।
यसलाई फोर विडन राइस पनि भनिन्छ । किनकि यो चामलको उब्जनी वादशाहहरूको लागि गरिन्थ्यो र सर्वसाधारणको लागि उपभोग निषेध गरिन्थ्यो । यसलाई चिनियाहरूले जिगुनो अफ चाइना पनि भन्दछन् । यसको अर्थ हो रिकभरी अफ ब्रोकन बोन । प्रति १०० ग्राम चामलको तुलना गर्दा यो चामल कालो रङको हुन्छ ।
चामलको कालो रङनै यसको महत्त्वपूर्ण अंग हो । यसलाई एन्थ्रोसाइनिन् पिगमेन्ट अर्थात् एन्टी अक्सिडेन्ट गुण भएको तत्त्व भनिन्छ । यो तत्त्व रोगसँग लड्नसक्ने प्रतिरोधक तत्त्व हो । यसलाई अनुवांशीकीकरण नगरिएको, विशुद्ध प्राकृतिक पद्धतिबाट नै विकसित गरिएकोले खानको लागि सुरक्षित छ ।
दैनिक मात्र १५ ग्राम सेवन गर्न सके रक्त अल्पता, मधुमेह, क्यान्सर, हृदयाघात, उच्चरक्तचाप, मुटु रोग, अलजाइमर्स जलन आदिबाट सुरक्षित रहन मद्दत गर्छ । गर्भवती महिला र शिशुलाई स्तनपान गराउने आमाहरूको लागि अत्यन्त लाभदायक सिद्ध भएको छ । यो चामलको सेवनबाट चिनियाहरू किड्नी, पेट र कलेजोको रोगबाट बचाउँछ भन्ने विश्वास गर्छन् ।
यस्तै यो चामलको उपभोगले क्यान्सर, मधुमेह, अलजाइमर्स आदि रोगसँग लड्न सक्ने प्रतिरोध क्षमताको विकास गर्छ ।त्यस्तै गरी मुटुसम्बन्धी रोग, हृदयाघात, उच्च रक्तचाप रोक्न यो धान लाभदायक छ । यसले कोलेस्ट्रोल बढ्न दिँदैन । सन् २०१० अक्टोवर २० मा जर्नल अफ अमेरिकन केमिकल सोसाइटीमा प्रकाशित लेख अनुसार घाउ सुन्निने एलर्जी, जलन, आदि रोगसमेत कम गर्न यो चामलले मद्दत गर्छ ।
विभिन्न अनुसन्धानबाट पत्ता लागे अनुसार जलनको ३२ प्रतिशत कम गर्छ, यो चामलको उपभोगले । यो चामलको उपभोगले ब्लड एनिमिया, डिजिजेज, ब्लुरिज भिजन र कपाल नआएर समस्या भए पनि समाधान हुन्छ ।
यसले रोग प्रतिरोधक शक्ति उत्पन्न गर्छ । साथै हेपटाइटीस चिरासीसविरुद्ध लड्न यो चामल उपयोगी रहेको छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्व पानीमा धुलनशील भएकोले शरीरको विभिन्न भागमा सजिलै पुग्दछ र चाँडै असर गर्छ भनेर अमेरिकाको पेन्सल भेनिया स्थित एक विश्वविद्यालयले गरेको अध्ययनले पनि पुष्टि गरेको छ।
बहुगुणकारी यो धान (चामल) आर्थिक दृष्टिकोणले पनि अत्यन्त लाभदायक छ । बेर्ना सारेको ९० दिनभित्र यो धान पाकिसक्छ । स्थानीय तवरले खेती गर्दा अन्य धान सरह नै फल्छ । एसआरई पद्धतिको प्रयोग भएमा दोब्बर फल्छ । यो सामाग्री विभिन्न आलेख, समाचार एजेन्सीको सहयोगमा तयार पारिएको हो ।

