शालिकराम जम्कटेलद्वारा जिल्ला सचिव अस्वीकार

Avatar photo
Dhadingpost
बैशाख १०, २०७६

धादिङ बैशाख १० । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य शालिकराम जमकट्टेलले जिल्ला सचिव पद अस्वीकार गरेका छन् ।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका शालिकराम जम्कटेललले अध्यक्ष दाहालका स्वकीय सचिव महरा मार्फत सचिव नहरने जानकारी गराएका हुन् ।

नेकपाले सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी ७७ जिल्लाको अध्यक्ष र सचिव नामावली घोषणा गरे सँगै धादिङका जम्कटेल सहित ८ जना केन्द्रिय सदस्यहरुले जिल्ला सचिव पद अस्वीकार गरेका हुन् ।

पार्टी केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा रहेका पूर्व माओवादी केन्द्रका आठ नेताहरुले अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार बिहान जिल्लाको पदीय जिम्मेवारी अस्वीकार गर्ने जानकारी दिएका हुन् ।

सचिव पद अस्वीकार गर्ने केन्द्रिय सदस्यहरुमा युवराज भटटराई (रौतहट), गोपी अछामी (मोरङ), श्रवण यादव (धनुषा), डाचाराज वाग्ले (सर्लाही), दावा तामाङ (सिन्धुपाल्चोक), हिमाल शर्मा (काठमाडौं), शालिकराम जम्कटेल (धादिङ) र दधिराम न्यौपाने (रुपन्देही) रहेका छन् ।  ८ जना केन्द्रीय सदस्यले जिल्ला सचिव अस्वीकार गरे अन्नपूर्णपाेष्टमा रामकृष्ण अधिकारिले समाचार लेखेका छन् ।