धादिङकी सन्ताेषीले रचिन नयाँ कृतिमानी

Avatar photo
Dhadingpost
बैशाख ९, २०७६

अमृत तामाङ
धादिङ बैशाख ९ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धादिङकी सन्ताेषी श्रेष्ठले कृतिमानी रचेकी छिन् ।

एथलेटिक्सको पाँच हजार मिटर दौडमा प्रदेश ३ बाट छनाैट हुँदै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भाग लिएकी उनले
पाँचहजार मिटरकाे निर्धारित दूरी १६ मिनेट ३८.५३ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

दाङको बेलझुन्डीमा भएको उक्त प्रतियाेगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी उनले २५ हजार नगद पुरस्कार पाउने छिन् ।

यसअघि उक्त कीर्तिमान काछीमाया कोजूको नाममा थियो । कान्छीमायाले १६ मिनेट ४९.९६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । उनले सन् २०१० मा चीनको गोन्झाउमा आयोजना भएको १६ औं एसियाली खेलकुदमा उक्त कीर्तिमान बनाएकी थिइन् ।