धादिङ ससाहमा बसको ठक्करबाट एक जनाको मृत्यू

Avatar photo
Dhadingpost
बैशाख ६, २०७६

धादिङ बैशाख ६ । धादिङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८६६७ नम्बरको ग्रामिण यातायातको गाडीले ठक्कर दिँदा एकजनाको घटना स्थल मै मृत्यू भएको छ ।

नीलकण्ठ नगरपालिका स्थित ससाहमा काठमाडौं जाँदै गरेको बसले ठक्कर दिँदा अन्दाजी ५० वर्षिय ज्ञान बहादुर दाहालको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने बस र उक्त बसको चालक धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं.८ मुरलीभन्ज्याङ बस्ने वर्ष ३३ को गणेश श्रेष्ठ जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश विष्टले बताए ।