
नीलकण्ठ नगरपालिका
धादिङ उत्तरमा हिमालय देखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएको नेपालको एक मात्र जिल्ला हो । नीलकण्ठ नगरपालिका यस अघिका नीलकण्ठ, साङ्कोष, सुनौलाबजार र मुरलीभञ्ज्याङ गाविसलाई समेटेर बनेको छ ।
देशको पुनसंरचना संगै २०७३ सालमा साबिकको ज्यमरुङ, खाल्डे र धुवाकोट गाबिसलार्य समेत यस नगरपालिकामा गाभियो ।
राजधानी काठमाडौं देखि ८९ किमी मा रहेको यस “नीलकण्ठ नगरपालिकाको क्षेत्रफल १९९.८७ वर्ग कि.मि. रहेको छ । १४ वडामा बिभाजित यस नगरपालीकाको नाम धार्मिक कथन अनुसार राखिएको छ ।
भगवान शिवले विष सेवन गरि आफ्नो कण्ठमा राख्नु भएको र कण्ठ नीलो भएकोले नीलकण्ठ नामाकरण भएको किम्बदन्तीमा उल्लेख छ । थोपल खोला नजिक रहेको ढाँडदेवी मन्दिरलाई नीलकण्ठ बनाइएको भन्ने पनि इतिहासमा उल्लेख छ ।
धार्मिक एवम् पौराणिक मठमन्दिर रहेको यस नगरपालिकामा भैरवी मन्दिर, ज्वालमुखी, जुरेथुम जस्ता आन्तरिक तथा वाह्य पर्यटकलाई लोभ्याउने गन्तव्य समेत रहेका छन् ।
धुनिबेशी नगरपालिका
धादिङको औद्योगिक क्षेत्रको रुपमा विकसित हुँदै गरेको क्षेत्रहरु समेटिएको नगरपालिका हो धुनिबेशी ।
उत्तरमा नुवाकोट जिल्ला (बेलकोटगढ़ी नगरपालिका, ककनी गाउँपालिका), पूर्वमा काठमाण्डौ जिल्ला (नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका), दक्षिणमा मकवानपुर जिल्ला (थाहा नगरपालिका) र पश्चिममा थाक्रे गाउँपालिका (धादिङ जिल्ला) सम्म सिमाना फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल ९६.३० वर्ग कि.मी. रहेको छ ।
साविकका छत्रेदेउराली, जीवनपुर र नौविसे गा.वि.स. गाभिएर बनेको यस नगरपालिका ९ वटा वडाहरु मिलेको छ ।
कुल जनसंख्या ३१,०२९ रहेको धुनिबेशी नगरपालिका नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णय अनुसार स्थापना भएको धादिङ जिल्लाको दोस्रो नगरपालिका हो ।
