सिद्धलेकमा बालबालिकालाई आधारशिला तालिम दिईयो

Avatar photo
Dhadingpost
बैशाख ५, २०७६

धादिङ बैशाख ५ । सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुवासमा रहेकोे लालीगुँरास क्लबका सदस्यलाई ३ दिने आधारशिला तालिम दिईएको छ ।

भोकालाई एकछाक खाना होइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्ने मुल नारा सहित सिद्धलेक सानाकिसान सवलिकरण परियोजना अन्तरगत उनीहरुलाई तीन दिने आधारशिला तालिम दिईएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रयास नेपालको कार्यक्रम बालबालिकाहरुलाई नेतृत्व विकास तथा जिवनउपयोगि सीप प्रदान मार्फत समादायिक रुपान्तरण प्रमुख माध्यम र बालबालिका लगानी वृद्धि गर्दै समृद्ध समाज निर्माण गर्न सञ्चालन गरिएको बताएका थिए ।

कार्यकारी निर्देशक अर्यालले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै उत्दरदायित्व बहन गर्न बालक्लबका सहभागिहरुलाई आग्रह समेत गरेका थिए ।

तालिममा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक ईश्वरी कोईराला सामुदायिक सहजकर्ता एकराज पण्डित, दिनेश परियार र अनिशा कट्टेलले सहजिकरण गरेका थिए ।

तालिमले नेतृत्व क्षमता बिकास भएको, आफुलाई निकै परिवर्तन गराएको र सचेतना अभिवृद्धि भएको तालिमका सहभागीहरु लालीगुरास बाललक्लबका अध्यक्ष सर्बदा सिलवाल, क‍ोषाध्यक्ष बिराज सुनार, सचिव सिरोज सिलवालले बताएको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले धादिङपोष्टलाई बताईन् ।

यस्तै सिद्धलेक गाउँपालिकाका विभिन्न वडाका समुदाय तहमा गठन भएका मनकामना बाल क्लव, खरिबोटमा गठित बैरेनी बाल क्लब, दियालो नवज्योति बाल क्लब, सप्तरंगी, बाल क्लब, युनिक बालक्लब, नवज्योति बाल क्लब, मुक्तिनाथ बाल क्लबका सदस्यहरुलाई समेत ३ दिने आधारसिला तालिम दिईएको छ ।

यस प्रयास नेपाल धादिङले अघि बालबालिकाका आमाहरु मिलेर बनेको महिला समूह, पारिवारिक पुरुष सदस्यहरुलाई पनि आधारसिला तालिम संचालन गरेको थियो ।