धादिङ बैशाख ४ । सरकारले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध मा आन्दोलित भएको छ ।
विरोधमा पत्रकार महासंघले बैशाख ५ गते विहान ९ः३० देखि १०ः३० सम्म जिल्ला प्रसासन कार्यालयमा १ घण्टा धर्ना दिने भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले उक्त कार्यक्रममा सहभागि हुन जिल्ला स्थित पत्रकारहरुलाई आव्हान गरेको छ ।
पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।
