नेपाल सहित विश्वभर फेसबुकमा समस्या

Avatar photo
Dhadingpost
बैशाख १, २०७६

धादिङ बैशाख १ । विश्वभर एकै साथ आज फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आइतबार अपरान्ह नेपाल सहित विश्वभर यी तीन ३ सामाजिक सञ्जालमा समस्या आएको हो ।

यी सामाजिक सञ्जालबारे वेवसाइटको मनिटर गर्ने डाउनडिटेक्टर डट सीओ डट यूकेमा सयौं गुनासो दर्जा भइसकेको बेलायती पत्रिका मिररले उल्लेख गरेको छ ।

हाल फेसबुकको वेवसाइट खोल्ने वित्तिकै एरर म्यासेज आउँछ । किन यी सामाजिक सञ्जालमा समस्या आयो भन्ने बारे अहिलेसम्म खुलेको छैन । फेसबुकले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।