
धादिङ बैशाख १ । समीट एअरको विमान लुक्लामा दुर्घटनामा परेको छ ।
लुक्ला विमानस्थलबाट बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौका लागि उड्न लागेको नाइन एन ए एम एच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हो । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।
श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो ।
दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।
दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर। लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए ।

