नीलकण्ठ नगरपालिका विश्वमा २१ औं र नेपालको पहिलो स्थानमा

Avatar photo
Dhadingpost
चैत्र २६, २०७५

धादिङ चैत्र २६ । धादिङबेसी सदरमुकाम क्षेत्र आसपास फैलिएको नीलकण्ठ नगरपालिका विश्वमा २१ औं र नेपालको पहिलो स्थानमा रहेको छ ।

स्थानीय तहको निर्वाचन पछि मोवाईल एप्स बनाएर नगरपालिकाको अफिसिएल सूचनना प्रवाह गर्नेमा नेपालको पहिलो नगरपालिका बनेको नीलकण्ठले फेरि सुशासन र पारदर्शी लागि खुल्ला सरकार साझेदारी समन्वय प्रणाली अवलम्बन गर्ने स्थानीय तहमा नीलकण्ठ नगरपालिका विश्वमा २१ औं र नेपालको पहिलो स्थानमा रहेको हो ।

धादिङबेसीमा आज एक विशेष कार्यक्रम गरि नीलकण्ठ नगरपालिकाको समन्वयमा सरकारी पक्ष ५० प्रतिशत र विभिन्न सामाजिक सरोकार राख्न संस्थाको ५० प्रतिशत रहने गरि खुल्ला सरकार साझेदारी समन्वय निर्देशक समिति समेत घोषणा गरिएको छ ।

कार्यक्रममा निश्चित मापदण्ड पुरा गरेपछि मात्र विश्व व्यापी मान्यता पाएको खुल्ला सरकार साझेदारी समन्वय समित गठन गर्न पाउने नीति अनुरुप नीलकण्ठ नगरपालिकाले मापदण्ड पुरा गरेकोले स्थानीय निकायमा हुने काम कारबाहीमा नागरिकको राय, सल्लाह सुझाव लिई नगरलाई आधुकिकरण गर्न खुल्ला सरकार साझेदारी कमिटी बनाईएको एफएचआई ३६० का टंक अर्यालले बताएका थिए ।

नगरपालिका प्रमुख भीम प्रसाद ढुङ्गानाको अध्यक्षतामा गठन भएको २० सदस्यीय समितिको सह अध्यक्षमा नागरिक समाजका तर्फबाट युएमएनका शिव अधिकारी रहेका छन् ।

कार्यक्रममा अध्यक्ष भीम प्रसाद ढुङ्गानाले विकास निमार्णका काम नियमित हुने प्रक्रिया हुन्, हामी नीतिमा नीमार्ण योजना कार्यान्वय र पारदर्शिताका विश्व व्यापी मान्यतालाई आत्म साथ गर्दै नमुना नगरपालिका बनाउन लागिपरेको बताएका थिए ।

यस्तो बन्यो खुल्ला सरकार साझेदारी समन्वय समिति
१. अध्यक्षः भीम प्रसाद ढुङ्गाना नगरप्रमुख
२. सह अध्यक्ष: शिव अधिकारी नागरिक समाज
३. सदस्यः मनराज भण्डारी उपप्रमुख
४.सदस्यः दिपक कोइराला सल्लाहकार
५. सदस्यः कुमार कार्की, अध्यक्ष टोल सुधार महा समिति
६. सदस्यः रुद्र बहादुर खत्री, अध्यक्ष उद्योग वाणिज्य महासंघका
७. सदस्यः राम्री परियार नीलकण्ठ नगर कार्यसमितिका सदस्य
८. सदस्यः गोविन्द कुमार श्रेष्ठ अध्यक्ष धादिङ चेम्बरका
९. सदस्यः गण्डकी खतिवडा नगर कार्यसमितिका सदस्य
१०. सदस्यः गौतमहरि अधिकारी नगरपालिकाका प्रबक्ता
११. सदस्यः होम बहादुर गुरुङ
१२. सदस्यः भगवती उप्रेती अध्यक्ष नारी जागरण
१३. सदस्यः चिना श्रेष्ठ नगरकार्य समितिका सदस्य
१४. सदस्यः गंगा श्रेष्ठ अधिकारकर्मी
१५. सदस्यः राजन बराइली नगरकार्य समितिका सदस्य
१६. सदस्यः कल्पना रिजाल नगरकार्य समितिका सदस्य
१७. सदस्यः सरला धमला
१८. सदस्यः सरिता रोक्का
१९. सदस्यः सरिता श्रेष्ठ पत्रकार महासंघ