वाका कपले जोड्दै आएको समजोङ्को साँस्कृतिक पक्ष

Avatar photo
Dhadingpost
चैत्र २६, २०७५

धादिङ चैत्र २६ । धादिङको समजोङमा विगत १० वर्ष देखि हुँदै आएको वाका कप खुल्ला पुरुष फुटबल प्रतियोगिताले मनोरञ्जनमात्र दिई रहेको छैन यस क्षेत्रको साँस्कृतिक, धार्मिक एवम् पर्यटकिय सम्पदाको प्रचार प्रसार गरि रहेको छ ।

धादिङबेसी सदरमुकामबाट पैदल यात्रा ४ घण्टा र गाडी यात्रामा २ घण्टाको दुरीमा रहेको नेत्रावती डब्जोङ गाउँपालिकामा पर्ने समेजोङ आन्तरिक तथा वाह्य पर्यटकका लागि राम्रो गन्तव्य हो ।

स्थानीय तह पुनर संरचना हुँदा नेत्रावती गाउँपालिका रहेको यस क्षेत्रलाई स्थानीय तहको निर्वाचन पछि गाउँ सभाले डब्जोङ थप गरि गाउँपलिकाको नाम नेत्रावती डब्जोङ राखियो ।

आज यहि डब्जोङ दरवार, सामुन्द्रिक सतह देखि २१५० मिटरमा रहेको वाका रह क्षेत्र (सेमजोङ लेक) र यहाँ हुँदै आएको वाका कप फुटबलको चर्चा गर्ने कोसिस गर्दै छौ ।

करिब १६ औं शताब्दीको इतिहास बोकेको डब्जोङ दरवार

वि।स। ४००–५०० तिर राजा तागुर र रानी सिलीङमोले यस दरवार निमार्ण गरेका थिए भन्ने शिलालेखबाट थाहा हुन्छ । त्यसबेला यस वाइबा राजाको राज्यमा क्षेत्री बाहुनहरुको बसोबास नभएको देखिन्छ ।

यस वाइबा राजाको दरवार क्षेत्रमा डब्ज्याङजोङमा अहिले हेर्न लायक ९१० ढुंगाको ओखल, ९२० ढुंगाको ढिकी, ९३० जातोको पिंधबाट लालीगुरास फुलको रुख ९सो रुखले जातोलाई तीस फिट माथि उचालेको छ, ९४० त्यस ईलाकाको प्रत्येक ढुंगामा ॐ मानें पद्मे हु“ लेखेको शिलालेखहरु । ९५० सुत्केरीले उठाएको करिब पचास टनको ढुंगा आदि छन् ।

नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकिय स्थल अहिंसावादी ज्याम्पल दोर्जे ढुप्खाङको प्रमुख आकर्षण बनेको ऐतिहासिक पोखरी वाका राहा अहिले संकटमा परेको छ ।

प्रकृतिले वरदान स्वरुप दिईएको उपहार ऐतिहासिक वाकाह्रा पोखरीकोको छेउमा रहेको खेल मैदानमा स्थानीय न्यू वाका राहा युवा क्लवले जिल्ला कै सर्वाधिक पुरस्कार राशीको फुटबल गराउँदै आएको छ ।

वाकाको पहिचान, फुटबल र वाकाको बिकास हाम्रो अभियान भन्ने नाराको साथ सेमजोङ स्थित न्यु वाका राह युवा क्लव नेत्रावती डब्जोङ गाउँपालिकाले आयोजना गरेको ०७६ बैशाख १ गते सम्म चल्ले वाका कप फुटबालमा प्रतियोगितामा २४ वटा टिमले भाग लिएका छन् जसमा आज चौथो दिनको खेल सुरुहुनु पूर्व ९ टिम आउट भै सकेको आयोजक समितिका वेगबहादुर तामाङले धादिङपोष्टलाई बताए ।

तमाङका अनुसार तेस्रो दिनको खेलमा छ्योइलिङ युवा क्लब सेल्ले नेत्रावती डब्जोङ–२, धादिङका बिरुद्ध नवस्टर युवा क्लब, मेघाङ-५, नुवाकोटको १ गोल, बेङरुङ युवा क्लब मेघाङ–५ का बिरुद्द आयोजाक न्यु वाका राह युवा क्लब ४ गोल गरेको थियो भने म्यगङ युवा क्लाब मेघाङका बिरुद्द Star L.G दोलेप मेघाङ-३ नुवाकोटले ३ गोल गरेको थियो ।

आज (चैत्र २६ गते) हुने पहिलो चरणको अन्तिम २ खेल बुङ्ताङ युवा क्लब मेघाङ-२ नुवाकोटका बिरुद्द सुकेला युवा क्लब नेत्रावती डब्जोङ-१ धादिङ, आयोजक न्यु वाका राह युवा क्लाब Team E का बिरुद्द The rising youth club अगिद मेघाङ-२ किम्ताङ बीच हुने छ ।