वाका कप अपडेटः दोस्रो दिन ३ टिम विजयी

Avatar photo
Dhadingpost
चैत्र २४, २०७५

धादिङ चैत्र २४ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङमा सुरुभएको जिल्ला कै सर्वाधिक राशीको वाका कप खुल्ला फुटबल प्रतियोगिताको आज दोस्रो दिनको खेलमा ३ टिम विजयी भएका छन् ।

पहिलो नकआउट चरणको दोस्रो दिनको खेलमा फलाटे युवा क्लव (B) ले २-० को गोल अन्तरले पुरानो पानी क्लव लाई पराजित गरेको छ । यस्तै किन्ताङ क्लव (A) लाई नव स्टार क्लव पोखरी ले ०-२ गोल गर्दै विजयी बन्यो । त्यस्तै आज भएको अर्को खेलमा फलाटे क्लव (A) लाई ०-१ को गोल अन्तरले थ्री डि क्लव विजयी बन्न सफल भएको छ ।

खुल्ला अन्तर क्लव स्तरिय यस प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार पुरस्कार राशि हात पार्ने छ भने दोश्रो हुनेले ५५ हजार ५ सय ५५ नगद हात पार्ने छन् ।

वाकाको पहिचान, फुटबल र वाकाको बिकास हाम्रो अभियान भन्ने नाराको साथ सेमजोङ स्थित न्यु वाका राह युवा क्लव नेत्रावती डब्जोङ गाउँपालिकाले आयोजना गरेको यस प्रतियोगितामा २४ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

यस अघिका समाचारहरु
सेमजोङमा दशौं वाका कप सुरु
धादिङको सर्वाधिक राशीको वाका कप भोलि देखि
दशौं वाका कपको तयारी तिब्र, सहयोग आउने क्रम जारी
धादिङमा दशाैं वाका कप चैत्र २२ देखि
नवौं वाका कपको उपाधि न्यु वाका राहलाई
नवौं वाका कप फुटबल प्रतियोगिता हुँदै
आठौ वाका कप, नव स्टार युवा सामरीले चुम्यो