
धादिङ चैत्र २४ । काठमाण्डौ उपत्यका बर्ड फ्लू देखिएपछि सचेत रहन पशु चिकित्सकले आग्रह गरेका छन् ।
काठमाडौमा धेरै संख्यामा काग मर्न थाले सँगै अनुसन्धालाई व्यपकता दिएका पशु पंछीको क्षेत्रमा क्रियाशिल चिकित्सकले सचेच रहन आग्रह गरेका हुन् ।
चिकित्सकले कुखुरा लगायत पशुको मासु नखान, खानै परे राम्रोसँग पकाएर मात्र खान पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्लेले आग्रह गरिन् ।
काठमाण्डौको नारायणहिटी दरबार र बेलायती दुतावास रहेको क्षेत्रमा मरेका भेटिएका झण्डै ३ सय कागमा बर्ड फ्लू भएको पुष्टि भएपछि थप निगरानी बढाइएको पशु सेवा विभागले जनाएको छ ।
काठामाण्डौ भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममासमेत अहिले बर्ड फ्लू भेटिएका छन् ।

