तामाङ भाषाको चलचित्र “छार ग्यालम” को टेलर सार्वजनिक

Avatar photo
Dhadingpost
चैत्र २३, २०७५

धादिङ चैत्र २३ । तामाङ कथानक चलचित्र “छार ग्यालम” (नयाँ बाटो) टेलर सार्वजनिक भएको छ ।

निर्माता दीपा लामा (वाईबा) र पविना तामाङका साथै सह निर्माणता बुद्धमाया र इन्द्रमाया रहेको यो चलचित्र सागर गोलेको कथावस्तु निर्देशन तथा कोशीपारी फिल्मस प्रा.लि. को व्यानरमा बनेको हो ।

चलचित्रमा द्धन्द राजुकिराँत र सम्पादन तुल्सी बास्कोटा तथा छायाङकन लक्ष्मण घिमिरेको रहेको छ । शुक्रबार काठमाडौको डमेलमा पत्रकार सम्मेलन गर्दै “छार ग्यालम” (नयाँ बाटो) को टेलर सार्वजनिक भएको हो ।

छार ग्यालम चलचित्रमा नायक कुमार मोक्तान, राहुल मोक्तान र नायिका सुनिता लुङवा र संगीता दोङले मुख्य अभिनय गरेका छन् भने धुर्व तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दीपा वाईबा, सूर्यबहादुर तामाङ र प्रकाश श्रेष्ठको समेत अभिनय रहेको छ ।

तामाङहरुको रहनसहन, भेषभुषा, रीतिरिवाज, परम्परा अनि मौलिक संस्कृतिलाई विषयवस्तु बनाइएको यो चलचित्रमा रुपेन मोक्तान, सुदिप न्यासुर, राहुल मोक्तनको शब्दमा रहेको उक्त गीतहरुमा विशाल काल्तान जितु लोप्चन, सुरेश लामा, बिबिता पाख्रिन, पुर्णिमा लामा, तथा सुदिप न्यासुरको स्वर रहेको छ ।