अब कानुन हरेक नागरिकले जान्नु पर्छ -गंगालाल तुलाधर

Avatar photo
Dhadingpost
चैत्र २३, २०७५

धादिङबेसी चैत्र २३ । पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले कानुन हरेक नागरिकले जान्नु पर्ने बताएका छन् ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमीले आयोजना गरेको “विद्यालय तहमा कानुनको महत्व र स्थानीय तहमा यसको अवसर” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री डा. तुलाधरले विद्यालय तहमा कानुनी विषयको पढाई सुरुहुनु सुनौलो पक्ष रहेको बताउँदै नागरिकका हक र अधिकार कानुनमा उल्लेख गरिएका हुन्छन् भन्दै कानुन हरेक नागरिकले बुझ्न आवश्यक रहेको बताएका हुन् ।

विद्यालयमा प्रवेश गरेको यस कानुनी विषयको पठनपाठनले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने समेत उनले बताएका थिए ।

पूर्व शिक्षा मन्त्री डा। गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रियामा काठमाडौ स्कुल अफ ल का निर्देशक एवम् वरिष्ठ अधिवक्ता प्रा। डा। युवराज संग्रौला, स्कुल अफ ल का सहायक प्राध्यापक अनिल श्रेष्ठको विशेष आतिथ्यता, जिल्ला न्याधिवक्ता बालकृष्ण वाग्ले, सहायक जिल्ला न्याधिवक्ता गोविन्द हुमागाई, जिल्लाका नगर तथा गाउँपालिका उपप्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो ।

कक्षा ११ र १२ को लागि कानुन समूहमा कक्षा संचालन गरेको यस एड्भान्स एकेडेमीले कानुन पढ्दै गरेका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरेको यस अन्तरक्रिया कार्यक्रममा बोल्ने सबै जसो अतिथिहरुले कानुनी विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको भविष्य उज्वल रहेको बताएका थिए ।

एड्भान्स एकेडेमी कम्पनी संचालनक समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खालीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन प्रिन्सिपल गोविन्द बुढाथोकीले गरेका थिए ।