
धादिङ चैत्र १८ । अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, अधिकार, सेवा र कानुनी प्रवाधानको जानकारी एवम् प्रचार प्रसारको लागि धादिङबेसीमा अपाङ्गता सम्वन्धि सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ अन्तरगत स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको उक्त अपाङ्गता सम्वन्धि सचेतीकरण कार्यक्रम सम्पन्न भएको हो ।
अपाङ्गताको वार्गिकरण, अपाङ्गता भएका व्यक्तिका अधिकारी, सामाजिक दायित्व को विषयमा आनन्दबन अस्पताल ललितपुरका फिजियोथेरापिष्ट जगन्नाथ महर्जन ले कार्यपत्र प्रस्तुत गरेका थिए भने ३ नं. प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत उत्तम खनालले धादिङको अपाङ्गताको तथ्याङ्क र अपाङ्गता भएका व्यक्तिहरुको सरकारी निकाय सम्मको पहुँचका विषयमा सहजीकरण गरेका थिए ।
यस्तै जिल्ला अदालत धादिङका सहायक सरकारी वकिल गोविन्द हुमागाईले अपाङ्गता भएका व्यक्तिलाई असर पर्ने कसुर गरे हुन सक्ने कानुनी कार्वाही, अपाङ्गता भएको व्यक्तिले छलछाम गरी पाउने कार्ड भन्दा माथिल्लो श्रेष्णीको कार्ड लिए हुने कार्वाहीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख वालकृष्ण नेपालीको सभापतित्वमामा भएको उक्त कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक मोहम्मद दाउदको प्रमुख आतिथ्यता रहेको थियो ।

