
धादिङ चैत्र १६ । धादिङ सिद्धलेक गाउँपालिका स्थित कुम्पुर स्थित परेवाटारमा विश्व भागवत धाम बनाउने काम अगाडी बढेको पण्डित बाल तपस्वी उत्तम भट्ट जी महाराजले बताएका छन् ।
विभिन्न देवलालयहरु, विधिन्न धार्मिक पिठहरुको केन्द्रको रुपमा बनाईन लागेको विश्व भागवत धाम बृहत योजना अन्तरगत कार्य अगाडी बढेको विश्व भावगत कोष नेपालका संरक्षक समेत रहेका पण्डित बाल तपस्वी भट्टले बताएका हुन् ।
सिद्धलेक गाउँपालिका फिसटारमा शनिवार आयोजित वश्व भागवत धाम नेपालको विशेष साधरणसभामा बोल्दै उनले धाम निमार्णको लागि जग्गा प्राप्त भैसकेको, निमार्ण गरिने मठ मन्दिर, धार्मिक पिठ, देवलायहरुको नक्साङ्कनको काम समेत सकिएको बताउँदै धादिङको त्रिशुली किनार परेवाटारमा बन्ने यस धाम निमार्णको लागि सहयोग गर्ने समेत आग्रह गरे ।
कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष एवम् परेवाटारमा बन्ने विश्व भागवत धाम नेपालका उपाध्यक्ष टिका प्रसाद थपलियाले सिद्धलेक गाउँपालिकालाई यस धाम निमार्णका लागि विशेष योजना बनाउन ध्यानाकर्ष गर्ने बताएका थिए ।
बृहत योजना सहित त्रिशुली किनारमा बन्न लागेको यस धामलाई सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकाले विशेष योजना बनाउ सके निमार्ण कार्यले सार्थकता पाउने स्थानियहरु बताउँछन् ।
