सिद्धलेकमा कर्मचारी र जनप्रतिनीधिका छोरा छोरीले सरकारी स्कुल मै पढ्नु पर्ने

Avatar photo
Dhadingpost
चैत्र १६, २०७५

धादिङ सिद्धलेक चैत्र १६ । सिद्धलेक गाउँपालिकाको तेस्रो गाउँ सभाले निर्वाचित जन प्रतिनीधि, मानोनित जनप्रतिनीधि, निजामती कर्मचारी, प्रत्येक सामुदायी विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिका सरकारी स्कुलमा भर्ना गर्नु पर्ने निर्णय गरेको छ ।

चैत्र १४ गते गाउँपालिका भित्रका सरकारी स्कुलहरुलाई पत्रचार गर्दै शिक्षक तथा कर्मचारीले बालबालिका सामुदायीक विद्यालयमै भर्ना गर्नु पर्ने पत्र पठाएको थियो । सामाजिक संजालमा गाउँपालिको यस निर्णयलाई कति पयले स्वागत कदम भएको टिप्पणी गरेका थिए भने कतिपयले जनप्रतिनीधि तथा नीजामती कर्मचारीले समेत सरकारी मै पढाउनु पर्ने बताएका थिए ।

यो सँगै गाउँपालिकाले पुन विद्यालयलाई अर्को पत्र चैत्र १४ गतै नै जन प्रतिनीधि, मानोनित जनप्रतिनीधि, निजामती कर्मचारी समेतले आफ्नो बालबालिका सामुदायीक विद्यालयमा नै पढाउनु पर्ने अन्यता सेवा सुविधाबाट बन्चित गरिने पत्र पठायो ।

गाउँपालिकाले पात्ले मावि नलाङलाई पठाएको यसै भर्ना सँग सम्बन्धीत दुई वटा पत्रको मिति एउटै र चलानी नम्बर पनि एउटै १४५९ रहेको छ । दुईवटा पत्रको एउटै चलानी नम्बर एउटै रहनुले गाउँपालिका पत्र पठाउन हतारिएको मान्न सकिन्छ ।

गाउँपालिका क्षेत्र भित्र नीजि विद्यालय संचालन गर्न अनुमति दिने, सरकारी विद्यालयको शैक्षिक गुणस्तर र व्यवहारिक सिप मुलक शिक्षाको लागि नीतिगत निर्णय गर्न ध्यान ध्यान नदिने अहिले नै यस्तो वाध्यकारि नीति तय गर्नु, गाउँपालिकाले सस्तो लोकप्रियताको लागि विद्यार्थी भर्ना सम्बन्धी नयाँ निर्णय गरेको हुन सक्न आवाजहरु यत्रतत्र सुन्न सकिन्छ ।