
धादिङ चैत्र १५ । धादिङको गजुरी गाउँपालिका पेटारेबाट औषध सहित सुकुमायाँ तामाङ पक्राउ परेकी छिन् ।
घरमा लुकाइ छिपाइ राखेको अवस्थामा प्रहरीले चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी सुकुमायाँ तामाङलाई समेत पक्राउ गरेको हो ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेकी थिईन् ।
प्रहरीले छापा मार्दा चरेस ११० किलोग्राम, चरेश बनाउने धुलो ३२ किलोग्राम, गाँजा मिसिएको धुलो ३९० किलोग्राम, गाँजाको गेडासमेतको १०९ किलोग्राम बरामद गरी सुकुमायालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले बताए ।

