
धादिङ चैत्र १५ । सिद्धलेक गाउँपलिकाले सिद्धलेक गाउँपालिकामा कार्यरत सामुदायीक स्कुलमा पढाउने शिक्षकहरुले आफ्नो बालबालिकालाई नीजि विद्यालयमा पढाउन नपाउने निर्णय गरेको छ ।
गाउँपालिका भित्रका सामुदायीक विद्यालयहरुलाई पत्राचार गर्दै तेस्रो गाउँसभाले गरेको निर्णय कार्यान्वयनका लागि सामुदायीक विद्यालयमा पढाउने शिक्षक तथा कर्मचारीले अनिर्वाय रुपमा आफ्नो बालबालिकालाई सरकारी विद्यालय मै भर्ना गर्नु पर्ने बताएको हो ।
गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्ने शिक्षक कर्मचारीहरुको सेवा सुविधाबाट समेत बन्चित गरिने गाउँपालिकाले सामुदायीक विद्यालयमा गरेको पत्राचारमा उल्लेख गरिएको छ ।
सरकारी विद्यालयका शिक्षक कर्मचारीले त आफ्ना बालबालिकका सरकारी मै पढाउँला तर जनप्रतिनीधि, दलका नेताहरुले चाहि नीजि विद्यालयमा पढाउन पाउने गरि कस्तो निर्णय गरेको हो ? सिद्धलेक गाउँपालिकाका एक सरकारी विद्यालयमा पढाउने शिक्षकले धादिङपोष्टलाई बताए ।
ति शिक्षक भने- गाउँपालिका गर्ने हरेक निर्णयहरु जनताका हितका लागि हुनु पर्छ, गुणस्तरीय शिक्षा र व्यवहारिक शिक्षाको लागि पहल गरिएको हो भने दलका नेता तथा कर्मचारी सबैले आफ्ना बालबालिका सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्न सक्नुपथ्यो ।


