धादिङका डा.रामहरि त्रिपाठीद्वारा बारको महासचिवमा उम्मेदवारी

Avatar photo
Dhadingpost
चैत्र १५, २०७५

धादिङ चैत्र १५ । आशन्न नेपाल बार एशोसिएसनको निर्वाचनमा धादिङका डाक्टर रामहरि त्रिपाठीले महासचिव पदमा उम्मेदवारी दिएका छन् ।

बारको दृढता र बेन्चको शुद्धता ! न्यायमा पहुँच हाम्रो प्रतिबद्धता !!
भन्ने मुल नाराको साथमा निर्वाचनको मैदनमा रहेको वैकल्पिक कानुन व्यवसायी संगठन (ALA) को तर्फबाट उनले महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

धादिङ बेनिघाट रोराङ घर भई काठमाडौमा रहेर कानुन व्यवसाय गर्दै आएका अधिवक्ता समेत रहेका त्रिपाठीले भोली अर्थात् चैत्र १६ गते हुने नेपाल बारएशोसिएसनको आगामी कार्यकालको लागि हुनलागेको निर्वाचनमा वैकल्पित धारको तर्फबाट महासचिवमा उम्मेदवारी दिएका हुन् ।

नेपालमा कानुन व्यवसायीहरुको खस्कँदो गरिमा, न्यायिक क्षेत्रभित्रका अवाञ्छित गतिविधिहरुको कारणले न्याय क्षेत्रले ठूलो चुनौती झेलि रहेको छ । न्यायालय र कानुन व्यवसायीहरुको गुम्दै गइरहेको जन आस्था एवं विश्वासलाई उँचो राख्न न्यायालयको शुद्धीकरण, सुदृढीकरण र सवलीकरण एवं पुनःसंरचनाका लागि आफुले महासचिव पदमा उम्मेदवारी दिएको त्रिपाठीले धादिङपोष्टलाई बताए ।

यस्ता छन् उनको चुनावी ३३ प्रतिवद्धता

१. स्वतन्त्र न्यायालयको पक्षधर रहने ।
२. विज्ञ सदस्यहरु मात्र रहने गरी न्याय परिषद्को पुनःसंरचना गर्ने ।
३. संवैधानिक व्यवस्था बमोजिम कानुन व्यवसायीहरुबाट न्यायाधीश नियुक्तिको सुनिश्चितता गर्ने
४. न्यायाधीश नियुक्तिमा पारदर्शिताको माग गर्ने ।
५. न्यायाधीश नियुक्ति पश्चात् क्षमताको परीक्षणको व्यवस्था बनाउने ।
६. न्यायाधीश नियुक्ति पश्चात् सम्पत्ति घोषणा र अवकाश पश्चात् पुनः घोषणा र परीक्षणको व्यवस्था गराउने ।
७. न्यायालयमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न अधिकार सम्पन्न न्यायिक लोकपाल (Ombudsman) को गठन गर्ने ।
८. मुद्दाको पेशी र सुनुवाइमा निष्पक्षता कायम गर्ने ।
९. सुनुवाइ पद्धतिलाई सरलीकृत गर्ने ।
१०. फैसला अध्ययन विश्लेषण समिति गठन गर्ने ।
११. फैसला कार्यान्वयनको अनुगमन समिति गठन गर्ने ।
१२. अदालती कार्यविधिगत जटिलता अन्त्य गरी सरलीकृत बनाउने ।
१३. नेपालबार काउन्सिललाई कानुन व्यवसायीमुखी बनाउने ।
१४. नवोदित कानुन व्यवसायीहरुको पेशागत सुनिश्चितता गर्ने ।
१५. पेशागत कानुन व्यवसायीलाई ‘स्कोरिङ्ग’को मापदण्डको व्यवस्था गर्ने ।
१६. बार काउन्सिलबाट पेशागत तालिमको व्यवस्था गर्ने । Lawyering the lawyer कार्यक्रम सञ्चालन गर्ने ।
१७. कानुन व्यवसायी कल्याणकारी कोष खडा गर्ने ।
१८. विचौलियापन तथा एकाधिकारको अन्त्य गर्ने ।
१९. नोटरी पव्लिक सम्बन्धी कानुनी व्यवस्थालाई समय सापेक्ष बनाउने ।
२०. कम्पनी सम्बन्धित कागजातहरु कानुन व्यवसायीद्वारा मस्यौदा हुनुपर्ने ।
२१. बार एशोसियसनको सञ्जाललाई अनलाइन सञ्जालमा जोड्ने ।
२२. लयर्स एकेडेमीको स्थापना गर्ने ।
२३. सूचना प्रविधिको प्रयोग गरी कानुनी क्षेत्रको अपडेट सूचना नियमित रुपमा सम्पूर्ण कानुन व्यवसायीहरुलाई सम्प्रेषण गर्ने ।
२४. स्थानीयतहको नीति निर्माण तथा न्याय सम्पादनमा कम्तीमा एकजना कानुन व्यवसायीको प्रतिनिधित्व हुने व्यवस्था गर्ने ।
२५. मानवअधिकार तथा सामाजिक मुद्दाहरुमा आवश्यकता अनुसार अभियानात्मक एवं दवाब मूलक कार्यक्रम सञ्चालन गर्ने ।
२६. कानुन व्यवसायी तथा परिवारका सन्ततीहरुको स्वास्थ, शिक्षा र आर्थिक बिषयमा सहयोग पु¥याउन स्वास्थ, शिक्षा र आर्थिक क्षेत्रमा कार्यरत कानुन व्यवसायीहरुको सञ्जाल बनाउने ।
२७. सिनियर कानुन व्यवसायी र कानुन व्यवसायी बीच नियमित संवाद संरचना बनाई अनुभव हस्तान्तरण गर्ने ।
२८. विदेशीबार एशोसियशन तथा IBA (International Bar Association) सँग प्रभावकारी सम्बन्ध स्थापित गरी अन्तराष्ट्रिय स्तरमा सहभागिता अभिवृद्धि गर्ने ।
२९. ADR (Alternative Dispute Resolution) nfO{ MDR (Mainstream Dispute Resolution) को रुपमा विकास गर्दै कानुन व्यवसायको दायरा विस्तार गर्ने ।
३०. कानुन व्यवसायीहरुलाई पेशागत तालिमको व्यवस्था गर्ने साथै बारका हरेक गतिविधिहरुमा सहज सहभागिता सुनिश्चित गर्ने । बारको निर्वाचनलाई उच्चतम लोकतान्त्रिक अभ्यास सहीत Right to Reject, Right to Recall को व्यवस्थागर्ने ।
३१. लयर्स एकेडेमीको स्थापना गर्ने ।
३२. विकास मैत्री कानून निर्माणको लागि वकालत गर्ने ।
३३. बाणिज्य कानून संहिता निर्माणको लागि वकालत गर्ने ।