त्रिशुलीमा पौडी खेल्ने क्रममा वेपत्ता रविन राई मृत भेटिए

Avatar photo
Dhadingpost
चैत्र १४, २०७५

धादिङ चैत्र १४ । धादिङको गल्छी गाउँपालिका बेलघारी स्थित त्रिशुली नदीमा बेपत्ता धैरेनिटार बस्ने पदम राईको छोरा १८ वर्षिय रबिन राई मृत भेटिएका छन् ।

सशस्त्र प्रहरी बल बिपद ब्यबस्थापन तालिम केन्द्र कुरिनटार चितवनबाट खटिआएको गोटाखोर टोली, प्रहरी बल सुरक्षा बेस क्याम्प आदमघाट, प्रहरी चौकी बैरेनीबाट खटिएका प्रहरीले राईको शव घटना स्थल भन्दा ५० मिटर तल फेला पारेका हुन् ।

त्रिशुली नदीबाट उद्द्धार गरिएको रबिन राईको शव पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिएका छन् ।