
धादिङ चैत्र १३ । धादिङ जिल्लामा विगत नाै वर्ष देखि सुरु हुँदै आएकाे सबै भन्दा धेरै पुरस्कार राशिकाे वाका कप फुटबल प्रतियाेगिता चैत्र २२ देखि बैशाख १ सम्म संचालन हुने भएकाे छ ।
वाकाको पहिचान,फुटबल र वाकाको बिकास हाम्रो अभियान भन्ने नाराकाे साथ नेत्रावती डब्जाेङ गाउँपालिका सेम्जाेङमा हुने
१ लाख ५ हजार पुरस्कार राशिकाे दशौं वाका कप २०७६ यहि चैत्र २२ गतेबाट हुन लागेकाे हाे ।
प्रतियाेगिताकाे नाम किन वाका कप राखियाे ?
धादिङ जिल्लाको नेत्रवती डबजोङ गाउँ पालिका वडा नं ३ गैरा साबिक सेम्जोङ १ गैराको “वाका” धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो ।
समुन्द्री सतह देखि करिब २ हजार १५० मिटर उचाईमा अवस्थित यो ठाउँले धादिङ र नुवाकाेेेट जाेडेकाे छ, पछिल्लो समय पर्यटकहरु आकर्षण बड्दो छ ।
यो ठाउँको पहिचान गराउन प्रचार प्रसारको साथै बिश्वमा निकै लोकप्रीय रहेको फुटबल खेलको बिकास र युवाहरुमा फुटबल खेलप्रतिको अभिरुची बढाउन गैराका युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल आयोजना गर्दै आएको छ ।
धादिङ र नुवाकोट जिल्लाका विभिन्न क्लब तथा समुहहरुको सहभागिता रहने यो वाका कप संस्करणको दशौं वाका कप फुटबल प्रतियोगितामा प्रथम हुने र द्वितीय हुने टिमले क्रमश १०५०००।-, र ५५५५५।- नगद सहित ट्रफी मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने वाका क्लवका बेगबहादुर तामाङले धादिङपोष्टलाई बताए ।
नवाै वाका कपकाे नतिजा यस्ताे थियाे याे पनि पढाै ।
धादिङको सर्वाधिक राशिको वाका कपको उपाधि न्यु वाका राहलाई

