
धादिङ चैत्र १३ । धादिङ जिल्लामा केही दिन अघि देखि सुरुभएकाे समुदाय प्रहरी साझेदारी कार्यक्रमहरु जारी छ ।
प्रहरीकाे यहि साझेदारी कार्यक्रम अन्तर्गत बुधबार प्रहरी चौकी महादेवबेशीद्धारा थाक्रे गा.पा.३ अमरपुरमा स्थानियवासी‚ नागरिक समाज, बुद्धीजिवीहरु लगायतकाे सहभागितामा समाजमा घट्ने अपराध, त्यसको नियन्त्रण र अपराध नियन्त्रणमा स्थानियवासीहरुको जिम्मेवारी सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको गरेको छ ।
प्रहरी चौकी टोड्के धादिङद्धारा नेत्रावती गा.पा.७ कटुञ्जेमा समाजमा भइरहेका घरेलु हिंसा, अबैध हातहतियारको प्रयोग र यसको प्रयोगले समाजमा हुने असर, गैरकानुनी क्रियाकलाप तथा त्यसको कानुनी ब्यबस्थाको सम्बन्धमा जानकारी तथा सल्लाह सुझाब सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।
यसैगरी आज नै ईलाका प्रहरी कार्यालय सल्यानटारले
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ बगैंचामा आगलागीबाट बच्ने उपाय लगायतका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

