बेनिघाट राेराङमा परशुराम घिमिरे उत्कृष्ट कर्मचारी घाेषित

Avatar photo
Dhadingpost
चैत्र १३, २०७५

धादिङ चैत्र १३ । बेनिघाट रोराङ गाउँपालिकाको चौथो गाउँ सभाकाे अवसरमा योजना तथा राजस्व शाखा प्रमुख परशुराम घिमिरे पुरस्कृत भएका छन् ।

बेनिघाट राेराङका गाउँपालिका अध्यक्ष हरि डल्लाकाेटीले गाउँपालिका भित्रका कर्मचारी मध्य घिमिरेलाई उत्कृष्ट कार्यसम्पादन गरेकाे भन्दै सम्मान गरेका थिए ।

स्थानीय तहकाे पुनर संरचना भए सँगै बेनिघाट राेराङ गाँपालिकामा कार्यरत घिमिरे हाल योजना तथा राजस्व शाखा प्रमुखकाे जिम्मेवारी सम्हालि रहेका छन् । फाेटाे: संगिता थपलियाकाे फेसबुकबाट