जिल्ला स्तरिय आठौँ राष्ट्रपति रनिङ शिल्डको मिति सार्वजनिक

Avatar photo
Dhadingpost
चैत्र ११, २०७५

धादिङ  चैत्र ११ । धादिङ जिल्ला स्तरीय “आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७५” को मिति सार्वजनिक भएको छ ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको उक्त “आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७५” आगामी बैशाख ६ गतेबाट ८ गते सम्म संचालन हुने मिति सार्वजनिक भएको हो ।

नगर तथा गाउँ पालिकाबाट छनौट भई आएका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा समेत प्रदेश स्तरिय हुने खेलको लागि छनौट गरिने जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठले धादिङपोष्टलाई बताए । श्रेष्ठका अनुसार यस प्रतियोगिता अन्तरगतका सबै खेलहरु थाँक्रे गाउँपालिका स्थित सेतिदेवि मा.वि मा हुने छ ।

आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हुने खेलहरु
१. एथ्लेटिक्स
ट्रयाक तर्फ
छात्र:१०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले ।
छात्रा: १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले ।

फिल्ड तर्फ
छात्रा: हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ६०० ग्राम र सटपुट ८ पाउण्ड ।
छात्र: हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ८०० ग्राम र सटपुट १२ पाउण्ड ।

मार्सल आर्ट तर्फ
कराँते (सितेरियो)
छात्र: ४२ के.जी.,४७ के.जी, ५२ के.जी., र काता एकल
छात्रा: ४० के.जी., ४५ के.जी., ५० के.जी., र काता एकल

उसु
छात्र: Chang Quan, Nan Quan and Taiji Quan
छात्रा: Chang Quan, Nan Quan and Taiji Quan
भलिबल: छात्र र छात्रा
कबड्डी: छात्र र छात्रा
भलिबल: छात्र र छात्रा भलिबल दुबै राष्ट्रिय नियम अनुसार खेलाइन्छ । माध्यमिक विद्यालयका कक्षा +२ सम्मका अध्ययनरत विद्यार्थीहरुलाई मात्र सहभागी गराइनेछ । साथै १८ वर्ष ननाघेको हुनु पर्नेछ ।

राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा भाग लिनको लागी स्थानिय तह स्तरीय यहि मिति २०७५ साल चैत्र मसान्त सम्म सम्पन्न गरि जिल्ला स्तरिय प्रतियोगिता गर्ने विद्यालय श्री सेतिदेवी मा.वि थाक्रे गाँउपालिका वडा नं. ६, धादिङ मा मिति २०७६ साल बैशाख ४ गते सम्ममा फाराम दर्ता गराई सक्नु पर्नेछ ।

प्रतियोगिताको नियमहरु
१) राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयबाट खेलाडीहरु सहभागि गराउँदा स्थानिय तह स्तरिय तथा जिल्लास्तरीय प्रतियोगितामा आतेजाते, खाना बस्न, खेलकुद सामाग्री र ड्रेसको व्यवस्था आफ्नो विद्यालयको पहिचान सहित सम्बन्धित विद्यालयले नै गर्नुपर्ने हुन्छ ।
२) खेलाडी दर्ता फाराम २ प्रतिका दरले स्थानिय तह स्तरियमा छनौट भएका खेलाडीहरु तथा टिमलाई मिति २०७६ बैशाख ४ गतेभित्र श्री सेतिदेवि मा.वि. मा दर्ता भएकाहरुलाई मात्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन पाउने छन् । स्थानिय तह स्तरिय प्रतियोगितामा सम्बन्धित नगरपालिका र गाँउपालिकाहरुले आ–आफ्नो सबै मा.वि विद्यालय हरुलाई सहभागिताको लागि जानाकारी गर्नु पर्नेछ । आर्थिक सम्बन्धमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शिर्षकमा निकार्सा भएको रकम बाट उक्त कार्यक्रम संचालन गनुपर्नेछ ।
३) एथ्लेटिक्स प्रतियोगितामा प्रत्येक विद्यालय तथा स्थानिय तह स्तरिय प्रत्येक इभेन्टमा बढीमा २ जना खेलाडीहरुलाई सहभागी गराउन सक्नेछ । प्रत्येक खेलाडीले बढीमा १ फिल्ड, २ ट्रयाक वा २ फिल्ड १ ट्रयाकमा भाग लिन पाउने छ । रिले खेलको हकमा माथिको नियम लागु हुने छैन । एउटा विद्यालयले महिला तथा पुरुष रिलेको प्रत्यक इभेन्टमा १÷१ टिम मात्र सहभागी गराउन सक्नेछ । भलिबल छात्रा÷छात्र खेलमा बढीमा ९÷९ जना खेलाडीहरु सहभागी गराउन पाउने छ । भलिबल खेलमा सहभागी हुनेले एथ्लेटिक्स खेलमा भाग लिन पाउने छैन भने एथ्लेटिक्स खेलमा सहभागी हुनेले भलिबल खेलमा भाग लिन पाउने छैन । त्यसै गरी कबड्डी खेलमा सहभागी हुनेले अन्य खेलमा भाग लिन पाउने छैन । कबड्डीमा छात्र छात्रा खेलमा ९÷९ जना सहभागी गराउन पाउने छ । र मार्सलआट तर्फ कराते, तेकवन्दो र उसु तौल समुह अनुसारको इभेन्ट अनुसार प्रथम र दितिय हुने खेलाडिलाई मात्र जिल्ला स्तरिय खेलमा सहभागि गराउन पाउनेछ ।

पुरस्कार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश भएको सम्पुर्ण खेल÷विधा तथा प्रत्येक इभेन्ट्सहरुको व्यक्तिगत तथा सामुहिक स्पर्धातर्फ) प्रथम स्थान हासिल गर्नेलाई स्वर्ण, दितीय स्थान हासिल गर्नेलाई रजत र तृतीय स्थान हासिल गर्नेलाई कास्य पदक र प्रमाणपत्र दिइनेछ । समग्रमा प्रथम स्थान, दितीय स्थान र तृतिय स्थानको निर्णय गर्दा स्वर्ण, रजत र कास्य पदक संख्याको आधारमा क्रमशः स्थान निर्धारण गरिनेछ । तर कुनै विद्यालयले प्राप्त गरेका पदकका प्रकारहरुको सख्या समान रहेमा टिम खेललाई छुट्याउन आधार बनाउनु पर्नेछ । टिम खेलको समेत समान रहेमा बढी खेलाडी आवश्यक हुने टिमका आधारमा स्थान निर्धारण गरिने र सोबाट समेत नछुटिएमा गोला प्रथाबाट छुट्याउने ।

आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ मा समावेस भएका खेलहरु प्रशिक्षक सम्पर्क
१) उसु जि.खे.वि.स अध्यक्ष विकास कार्की मोबाइल नम्बर ९८५१०८५०३६
२) भलिबल जि.खे.वि.स सदस्य अशोक थापा मोबाइल नम्बर ९८०८१४५००१
३) सहायक प्रशिक्षक तेकवान्दो रमेशमान तुलाधर मोबाईल नम्बर ९८५१०५०००९
र सहायक प्रशिक्षक तेकवान्दो राजु्राज पान्डे मोबाइल नम्बर ९८५१०१८७९४
४) जिल्ला इन्र्चाज साहायक प्रशिक्षक कंराते भिम बाहादुर गुरुङ मोबाइल नम्बर ९८४१६५६४१०
५. एथलेटिक्स अमृत तामाङ मोबाइल नम्बर ९८५११३२६७८
६. कबड्डी अमृत तामाङ मोबाइल नम्बर ९८५११३२६७८