मोटरसाईकल चोरी गर्ने तीन जना पक्राउ

Avatar photo
Dhadingpost
चैत्र १०, २०७५

धादिङ चैत्र १० । जिल्ला प्रहरी कार्यालय धादिङले मोटरसाईकल चोरी गर्ने तीन जनाको समुह पक्राउ गरेको बताएको छ ।

मोटर साईकल चोरी संलाग्न रहेको आशंकामा प्रहरीले नुवाकोट किस्पाङ गाउँपालिका ३ बस्ने किप्पा तामाङ र संजय लामा यस्तै धादिङ खनियाबास गाउँपालिकाक वडा नं. ५ का घन बहादुर गुरुङलाई पक्राउ गरेको बताएको हो ।

धादिङ धुनीबेशी नगरपालिकाबाट प्रभात अर्यालको घर आगनमा राखेको बा.७२ प.९५९८ नं. को २२० सिसिको पल्सर मोटरसाईकल चोरी भएको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानिखोलाल खोजतलास गर्ने क्रममा लामिछाने टोलमा चोरी भएको बा। ७२ प। ९५९८ नं। मोटर साईकल बा.९० प. ३३६० न. को थ्बmबजब मोटरसाईकल र बा ८५ प. ११६९ नं. को २०० सिसि को पल्सर चाबी तोडेको अवस्थामा फेला पारेको थियो ।

गोङ्गबुबाट हराएको नुवाकोट शिवपुरीका रुपेश बुढाथोकीको बा.८५ प.११६९ नं. को मोटर साईकल गोंगबु बाटै चोरी भएको अर्को मोटर साईकल बा.९० प.३६६० नं. धनि अझै एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।