
धादिङ चैत्र ९ । धादिङ जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा (एसईई) परिक्षामा ५ हजार ८ सय ९६ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
भाेली देखि हुने (एसईई) परीक्षामा धादिङ जिल्लाबाट २६ वटा परीक्षा केन्द्रबाट ५ जना अपांगता भएका विद्यार्थी सहित ५ हजार ८ सय ९६ जना परीक्षार्थीहरु सहभागी हुने भएका हुन् ।
शिक्षा विकास तथा समन्वय ईकाई धादिङका कृष्णकुमार श्रेष्ठका अनुसार परिक्षाकाे सम्पुर्ण तयारी सकिएकाे छ ।

