धादिङ चैत्र ७ । धादिङ ज्वालामुखि गाउँपालिका स्थित चैनपुरका शेरमान नेपाली ललितकलाका विद्यार्थी हुन् ।
दृष्य हेरेर हुबहु तस्वीर बनाउने होस् या सुन्दर आर्ट उनको कला चमत्कारिक मान्न सकिन्छ ।
उनले बनाएका तस्वीरहरु अफिस, होटलका भित्ताहरुमा झुण्डिएकाे देख्न सकिन्छ भने स्कुलका भित्तामा सुन्दर तस्वीर पनि असाध्यै राम्रा कोर्ने गर्दछन् । हिजो आज उनको दैनिकी तस्वीरमा रङ् भर्ने हुन्छ ।
स्कुलमा २-३ कक्षा पढ्दा देखि नै पेन्टिङ गर्थें । त्यतिखेर मेरो पेन्टिङ देखेर साथी भाईहरु सबैले वाह भन्थे र हाैसला दिन्थे, यहि प्रेरणाले म आज यहाँ छु । बच्चै देखि नै रंग, पेन्टिङ भनेसी छुट्टै लगाव थियाे मेरो । अहिलेसम्म लगभग १००० वटा जति तस्बिरमा रङ भरें हाेला सायद, स्केच तथा पेन्टिङहरु अडर आई रहेका छन् शेरमानले धादिङपोष्टलाई बताए ।








