कानुनका विद्यार्थी सँग समुदायमा अदालत कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
चैत्र ५, २०७५

धादिङ चैत्र ५ । धादिङ जिल्ला अदालतले कानुनका विद्यार्थीहरु बीच समुदायमा अदालत कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा कानुनी विषय अध्ययन गरि रहेका विद्यार्थीहरु बीच धादिङ जिल्ला अदालतले समुदायमा अदालत कार्यक्रम सम्पन्न गरेको हो ।

धादिङका जिल्ला न्यायधिस प्रकाश ढुङ्गानाले समुदायमा हुने घटना, मुद्दाका प्रकार, मिलापत्र र सामान्य नागरिहरुको अदालत सम्मको पहुचका विषयमा कानुनी विषय अध्ययनरत एड्भान्सका विद्यार्थीहरु माझ अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा एड्भान्स एकेडेमी कम्पनी संचालनक समिति अध्यक्ष अर्जुुनकुमार श्रेष्ठ गोर्खाली, एशोसिएट प्रिन्सिपल भिमबहादुर श्रेष्ठ, वारएसोशिएसन धादिङका अध्यक्ष रामकृष्ण अधिकारी, पुर्व अध्यक्ष टंककुमार श्रेष्ठ, सरकारी वकिल गोविन्द हुमागाई, श्रेतदार नवराज दंगाल लगायतको आतिथ्यता रहेको थियो ।

एड्भान्स एकेडेमी र धादिङ बोर्डिङले धादिङ जिल्लामा पहिलो पटक माध्यमिक विद्यालय तह (कक्षा ११ र १२ ) मा कानून विषयको पढाई  सुरुगरे सँगै धादिङमा कानुनी विषय प्रति विद्यार्थीहरुको ध्यान जान थालेको छ ।

यी समाचार पनि पढौं
धादिङमा कानुन प्रति आकर्षण (के भन्छन् शिक्षक विद्यार्थी)
धादिङमा एड्भान्स एकेडेमीले कानून विषय पढाउने