धादिङको सेर्तुङ, खटौती र सुनौलाबजारमा प्रहरी साझेदारी कार्यक्रम

Avatar photo
Dhadingpost
चैत्र ४, २०७५

धादिङ चैत्र ४ । जिल्ला प्रहरी कार्यालयले धादिङका विभिन्न ठाउँहरुमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम कार्यक्रमहरु संचालन गरेको छ ।
सर्तुङमा आईतबार साझेदारी कार्यक्रम गर्दै प्रहरीले जनचेतना मुलक कार्यक्रम गरेको छ ।

प्रहरी चौकी सेर्तुङ धादिङद्धारा रुबीभ्याली गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष बेद बहादुर तामाङको प्रमुख आतिथ्यतामा जनप्रतिनिधी‚ स्थानियवासी‚ महिला सहभागितामा आत्महत्या रोकथाम नियन्त्रण सम्बन्धी जनचेतनामुलक संचालन गरेको थियो ।

यस्तै प्रहरीले “सडक सुरक्षा तथा हेल्मेट दुरुस्त लगाऔं अभियान” को नारा सहित बेनिघाटरोराङ गाउँपालिका ९ खटौटी स्थितमा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सडक सुरक्षा चेतना विषयमा जनचेतना मुलक कार्यक्रम गरेको थियो ।

त्यसैगरी आईतबार नै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय सुनौलाबजार धादिङमा नीलकण्ठ नगरपालिका ६ नवलपुर स्थितमा जनप्रतिनिधी‚ महिला तथा स्थानियवासीहरु सहभागितामा महिला तथा बालबालिका विरुद्ध हुने हिंसा तथा अपराध नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको थियो ।