मोहन कार्कीलाई राजद्रोहको मुद्धा

Avatar photo
Dhadingpost
चैत्र ३, २०७५

धादिङ चैत्र ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य जीवन्तलाई मोहन कार्की जीवन्तलाई सरकारले राजद्रोहको मुद्धा लगाएको छ ।

आफै डेराबाट शुक्रबार राति सिआईबीले पक्राउ गरेर सार्वजनिक नगरी राखिएका नेता जीवन्तलाई अदालतमा ल्याई राजद्रोहको मुद्धा दायर गरिएको हो ।  जिल्ला अदालत काठमाण्डौंले चैत १ गतेदेखि लागू हुने गरि ५ दिनको म्याद थप गरेको छ ।

त्यस्तै अखिल किसान महासंघ क्रान्तिकारीका संयोजक राजु कार्कीलाई थप ४ दिन म्याद थप गरेको छ भने युवा संगठनका जयराम दंगोललाई तीन दिन म्याद थप गरेको छ । तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।