एड्भान्स एकेडेमीमा ब्लाक बेल्ट ग्रेडिङ परिक्षा सम्पन्न

Avatar photo
Dhadingpost
चैत्र ३, २०७५

धादिङ चैत्र ३ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले तेक्वान्दो खेलको ब्लाक बेल्ट ग्रेडिङ परिक्षा सम्पन्न गरेको छ । विद्यालय पठ्यपुस्तको रुपमा समावेश गर्दै तेक्वान्दो खेललाई अगाडी बढाई रहेको एड्भान्स एकेडेमीले आईतबार राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रिय अध्यक्ष शिव कोईरालाको प्रमुख आतिथ्यतामा ब्लाक बेल्ट ग्रेडिङ परिक्षा सम्पन्न गरेको हो । कक्षा ३ देखि ८ सम्मका विद्यार्थीलाई तेक्वान्दो खेल प्रशिक्षण दिँदै आएको यस विद्यालयबाट गत वर्ष १८ जना विद्यार्थीले ब्लाक बेल्ट ग्रेडिङ परिक्षा १८ जना पास भएका थिए भने यस वर्ष कक्षा ६, ७ र ८ बाट ८२ जना विद्यार्थीहरुले परिक्षा दिएका छन् । जिल्ला खेदकुद विकास समिति धादिङका पूर्व अध्यक्ष एवम् एड्भान्स एकेडेमी कम्पनी संचालक समिति समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोरखालीको सभापतित्वमा भएको उक्त ब्लाक बेल्ट ग्रेडिङ परिक्षाको मुल्याङ्कन राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रिय प्रशिक्षकहरुले गरेका थिए । एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकीले एड्भान्स एकेडेमीले धादिङमा फरक ढंगले विद्यार्थीहरुले शिक्षण गर्दै आएको दावी गर्दै फरक शिक्षण विधिहरु अन्य सरकारी तथा नीजि विद्यालयहरुले समेत अनुसरण गर्न थालेकोमा खुसी व्यक्त गरेका थिए ।