प्याब्सन धादिङद्वारा बानियाँलाई बधाई सँगै सम्मान

Avatar photo
Dhadingpost
चैत्र २, २०७५

धादिङ चैत्र २ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङले केन्द्रिय उपाध्यक्षमा विजयी शान्त विक्रम बानियाँलाई बधाई एवम् सम्मान गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १४ औ राष्ट्रिय महाधिबेशनबाट धादिङका बानियाँ प्रदेश ३ बाट केन्द्रिय उपाध्यक्ष जस्तो गरिमामयी पदमा निर्वाचित भएको अवसरमा शनिवार प्याब्सन धादिङले एक विशेष कार्यक्रमको आयोजना गरि बधाई सँगै सम्मान गरेको हो ।

प्याब्सन धादिङले आयोजना गरेको उक्त बधाई एवम् सम्मान कार्यक्रममा नेकपा नेताहरु गुरु वुलाकोटी, रामबहादुर भण्डारी, शिक्षा विकास तथा समन्वय ईकाईका कृष्णकुमार श्रेष्ठ, नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय सदस्य दिनेश भाई, उद्योग बाणिज्य अध्यक्ष रामशरण रुद्र बहादुर लगायतका संघ संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

सम्मान तथा बधाई कार्यक्रममा उपस्थित सबैलाई प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकिले धन्यावाद दिँदै उपाध्यक्षमा निर्वाचित बानियाँलाई सम्मान सँगै बधाई दिएका थिए ।

काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठान कमलादीमा सम्पन्न महाधिवेशनले टिकाराम पुरीको अध्यक्षतामा सर्वसम्मत बनेको कार्यसमितीको उपाध्यक्षमा बानियाँ निर्वाचित भएका हुन् ।