धादिङ चैत्र १ । धादिङबेसी स्थित धादिङ बोर्डिङका सञ्चालक एवम् गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख तथा न्यु धादिङ बोर्डिङका निर्देशक इश्वरी प्रसाद पाण्डेलाई पितृ शोक परेको छ ।
धादिङमा सामाजिक अभियान्ताको रुपमा समेत चिनिने इश्वरी प्रसाद पाण्डेका पिता प्रेम प्रसाद पाण्डेको २०७५ फागुन ३० गते साझ ६ः३० मा असामयिक निधन भएको हो ।
प्रेम प्रसाद पाण्डे को ९४ वर्षको उमेरमा भएको असमाहि निधन प्रति धादिङ बोर्डिङ, गणेश हिमाल क्याम्पस र न्यु धादिङ बोर्डिङ परिवारले गहिरो दुःख व्यक्त गर्दै, मृत आत्माको चीर शान्तिको कामना गरेको छ ।
