
धादिङ, चैत्र १। धादिङको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरिक्षक नवराज ढुङ्गेल यतिवेला निकै चर्चामा छन् ।
लागुऔषध तथा अपराधी पक्राउ गर्न अत्यन्त सफल सुरक्षाकर्मीकमा रुपमा उदाएका उनलाई हेटौंडा स्थित प्रदेश ३ प्रहरी कार्यालयका डिआइजी दीपक थापाले बेस्ट स्टेट पुलिस अफ द मन्थको अवार्ड सहित नगद पुरस्कार प्रदान गरे सँगै गजुरी धादिङका प्रहरी निरिक्षक ढुङ्गेल चर्चामा आएका हुन् ।
केही दिन अघि १ सय ५ किलो चरेश सहित लागु औषध कारोबारीको गिरोहलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरिक्षक नवराज ढुङ्गेल पुरष्कृत भएका छन् ।
गत फागुन १६ गते विहान ४ बजे काठमाडौंबाट बीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसलाई ढुङ्गेल नेतृत्वको प्रहरीले चेकजाँच गर्ने क्रममा १०५ किलो चरेश फेला पारेको थियो ।
चरेश सहित चरेश ल्याउन समलग्न रहेका तीन जना व्यक्तिहरुलाई पक्राउ गरिएको थियो । सोही कार्यप्रति प्रदेश प्रहरी कार्यालय हेटौँडाले उनलाई अवार्ड प्रदान गरेको हो ।
ढुङगेलले इप्रका गजुरीमा दरबन्दी भएपछि करिब ७०९ किलो चरेश गरेका छन् । उनले ७ सय केजी गाँजा र लागुऔषध कारोबारमा समलग्न १० जना भन्दा बढी व्यक्ति पक्राउ गरी मुद्दा चलाएका छन् । कार्यसम्पादनलाई अत्यन्त चुस्तदुरुस्त राख्ने क्षमता भएका ङ्गेलले गजुरी सम्हालेपछि ५ थान अवैध हात हतियार समेत बरामद भएको छ ।

