ज्वालामुखी मजुवाबाट बालुवा प्रशोधन सामाग्री नियन्त्रण

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०७५

धादिङ फागुन ३० । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं। १ मोजवाबाट अवैध क्रसर उद्योगबाट बालुवा प्रशोधनका लागि प्रयोग भएका सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अवैध रुपमा बालुवा प्रशोधन आएको भनिएको पाठक सन्स एण्ड कन्सट्रकसन, ज्वालाकालिका निर्माण सामग्री उद्योग र डुक्तेश्वनरी महादेव प्रा।लि बाट प्रहरीले विद्युतिय तार, मिटर र मोटरहरु नियन्त्रणमा लिएको हो ।

अवैद्य रुपमा बालुवा प्रशोधन गर्ने फिरफिरे उद्योग संचालन जानकारी आएपछि प्रहरीले आज विद्युतिय तार अं।५० मिटर र २।२ किलोवाट क्षमता भएको ३ वटा मोटर ईन्जिन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले बताए ।