
सिद्धलेक फागुन ३० । सिद्धलेक गाउँपालिकाको परेवाटार पिपलटार आदमटार सडक चौडा गरिने भएको छ ।
उक्त सडक खण्डकोे स्तरोन्नती सँगै चौडा पार्ने का म गर्न लागिएको वडा नम्बर ७ का वडा अध्यक्ष लक्ष्मण खतिवडाले बताउनुुभयो । उहाँका अनुसार गरि सडक चौडा गरि आठ मिटर कायम गरिने छ ।
आगामी चैत्र ३ गते देखि निमार्ण कार्य सुरुहुने सडकको स्तर उएन्नती कार्यमा सहजता प्रदान गर्न दायाँ बाँया रहेको घर, टहरा, निर्माण सामाग्री, दाउरा, काठ, हटाउन वडा कार्यालयले स्थानियहरुलाई अनुरोध गरेको छ ।
सडक विस्तार कार्यका क्रममा अवरोधका सामाग्री नहटाए उक्त सामाग्री हटाउँदा लाग्ने खर्च समेत कानुन बमोजिम सम्बन्धित व्यक्ति बाटै असुल गरिने वडा कार्यालयले जनाएको छ ।
