
धादिङ फागुन २९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १४ औ राष्ट्रिय
महाधिबेशनबाट धादिङका शान्त बिक्रम बानियाँ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठान कमलादीमा आज सम्पन्न महाधिवेशनले टिकाराम पुरीको अध्यक्षतामा सर्वसम्मत बनेकाे कार्यसमितीकाे उपाध्यक्षमा प्रदेश ३ बाट धादिङका बानियाँ निर्वाचित भएका हुन् ।

आगामी २ बर्षका लागी निर्वाचित नयाँ कार्यसमितीमा प्याब्सनको विधान नै परिमार्जन गरेर निवर्तमान बरिष्ठ उपाध्यक्ष डिके णढुगांनालाई सह अध्यक्ष बनाइएको छ भने निवर्तमान महासचिव राजेन्द्र बानिँया बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

खुल्ला उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, इश्वर गरुङ गोपाल आचार्य टंक भट्राई, दीपीका थापा र टी आर ढकाल निर्वाचिभएका छन् भने महासचिवमा कुमार घिमिरे, कोषाध्यक्षमा सन्तोष न्यौपाने, उपमहासचिवमा आर वी कटुवाल र किशोर गौतम निर्वाचित भएका छन् ।
