
धादिङ फागुन २८ । भिमढुुुुङ्गा लामिडांडा गल्छी सडक, सितापाइला, धार्के सडक निर्माण ढिलाइ भएकाे भन्दै धादिङ १ का निर्वाचित संघीय संसदका सदस्य भुमि त्रिपाठी ध्यानाकर्षण गराईएकाे छ ।
उक्त क्षेत्रका स्थानीयहरुले चासाे राख्दै भिमढुङ्गा लामिडांडा गल्छी सडक अनि सितापाइला भिमढुङा धार्के सडक निर्माण ढिलाइ किन ? अब बन्ने हो कि होइन ? कसले कहिले देखि बनाउने हो भन्ने जिज्ञासाका साथ साेमबार ध्यानाकर्षण गराएका हुन् ।
धुनिबेसि वडा नं. १ र २ का वडा अध्यक्षका साथ १,२ र ३ का स्थानीयहरुकाे ध्यानाकर्षणकाे उत्तर दिदै संघीय संसदका सदस्य त्रिपाठीले यो सडक निर्माणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. पुष्प कडेलले तिब्र पहल गरिरहेको जानकारी गराएका थिए ।
यो सडक मापदण्डमा प्रदेश सरकारको माततह परे पनि प्रेदेश सरकार नयाँ भएको र यस्ता योजनालाई आबस्यक संरचना चुस्त न भैसकेको अवस्थामा अहिले यस्ता योजनाहरुलाई केन्द्र सरकारले नै ध्यान दिन प्रधानमन्त्रीको निर्देशन पछि संघीय सरकार बाटै बजेट ब्यबस्था गरि यो सडक निर्माण गर्ने तयारी भएको समेत त्रिपाठीले बताएका थिए ।
मैले संसदमा आफ्नो भनाइ राखेरै यो सडक निर्माण गर्न माग गरेपछि अर्थमन्त्री र भौतिक योजना मन्त्रीले चासो लिइ तत्काल बजेटकाे समेत ब्यबस्था भएकाे छ काम अब द्रुतगतिमा अगाडि बढ्ने समेत त्रिपाठीले बताएकाे उत्तम पाठकले धादिङपाेष्टलाई जानकारि दिए ।
